अलपत्र परेका नेपालीलाई प्रवेश दिइने

४ बर्ष अगाडि

काठमाडौं । कोरोना संक्रमणको सन्त्रासपछि भारत र चीनतर्फका सबै नाका बन्द गराएको सरकारले नाकामा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश भित्रिन दिने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलको संयोजकत्वको समितिले नाकामा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश आउन दिने निर्णय गरेको हो ।

यसरी आउँदा अलपत्र परेका व्यक्तिले आफू नेपाली नागरिक भएको पुष्टि हुने कागजपत्र पेस गर्नुपर्नेछ भने उनीहरूले स्वास्थ्य जाँचपछि मात्रै प्रवेश पाउनेछन् । यसरी नेपाल भित्रिएपछि पनि उनीहरू १४ दिनसम्म सरकारले तोकेको क्वारेन्टाइनमा सुरक्षित रूपमा बस्नुपर्नेछ ।

सरकारले सोमबार बिहान १० बजेदेखि चीन र भारत दुवैतर्फ यात्रु आवगमन रोक्ने गरी नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय लिएको थियो । सरकारको सो निर्णयपछि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्नेहरू सीमा नाकामा आएर बसिरहेका छन् ।राजधानी दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया