मुलुक पहिलोपटक हवाई सम्पर्कविहीन

४ बर्ष अगाडि

काठमाडौं । मंगलबारदेखि एक साताका लागि आन्तरिक हवाई उडान बन्द हुने भएको छ । विश्वभर फैलँदो कोरोना भाइरसको संक्रमणबाट उत्पन्न अवस्थालाई मध्यनजर गर्दै सरकारले कोरोनाको उच्च जोखिमबाट बच्ने उपायस्वरूप एक साताका लागि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार राजधानीमा बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले मंगलबारदेखि आगामी एक साताका लागि हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्ने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले सोमबार मात्र विमानबाट आएकी एक युवतीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि सरकारले आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।राजधानी दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया