नेपालमा कोरोना भेटिएपछि सबैभन्दा पहिला चीनको सान्त्वना : हामी नेपालका लागि प्रार्थना गर्छौ, सहयोग सामगी्रहरु मिलाउँदै छौं

४ बर्ष अगाडि

नेपालमा पनि कोरोना संक्रमित बिरामी भेटिएपछि सबैभन्दा पहिला छिमेकी मित्रराष्ट्र चीनले हतोत्साही नहुन भन्दै  सान्त्वना दिएको छ । 

चीनले नेपाललाई ढाडस दिँदै चीन नेपालकै साथमा रहेको बताएको हो । 

मंगलबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गरेर नेपाललाई सबैखाले सहायता दिन चीन तयार रहेको बताएकी छन् । 

राजदुत यान्छीले चीनले नेपालका लागि प्रार्थना गरेको र नेपाललाई सहयोग गर्ने चिकित्सा सामग्रीहरू मिलाउँने काम भैरहेको भनेर लेखेकी छन् । 

‘हामी नेपालका लागि प्रार्थना गर्दैछौँ । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्‍याउन  चिकित्सा सामग्रीहरू ककेसम्म मिलाउँदै छौँ । हामी साथमा  छौँ ’ राजदूत होउले ट्विटरमा लेखेकी छन् ।

नेपालमा कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै सान्त्वना दिने र सहयोगका लागि प्रतिवद्धता जनाउने चीन पहिलो मित्रराष्ट्र हो । 

यसअघि पनि चीनले चिनीया दुतावासमार्फत नेपाल सरकारलाई के–के सहयोग र सहायता आवश्यक पर्छ भनेर लिस्ट समेत मागेको थियो । 

केही दिनअघि मात्र चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग टेलिफोन गरी नेपाललाई कोरोना संक्रमणबाट जोगाउन चीनले आवश्यक जुनसुकै सहायता गर्ने बताएका थिए ।

कोरोना भाइरस गत डिसेम्बरमा चीनको हुबेई प्रान्तबाट सुरु हुँदा ३ हजार २ सय ७७ मानिसको ज्यान गइसकेको छ । तर चीनमा कोरोनाको संक्रमण नियन्त्रणउन्मुख छ । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया