गैंडाकाेटका मेयरले आफू चढ्ने गाडी प्रहरीलाई दिए, कोरोना भाइरस विरुद्धको अभियानमा सहयाेग पुग्ने अपेक्षा

४ बर्ष अगाडि

कोरोना भाइरस विरुद्धको अभियानमा सघाउ पु¥याउनका लागि नवलपरासीको गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले  आफूले प्रयोग गरेको गाडी प्रहरीलाई हस्तन्तरण गरेका छन् । 

संकटको बेला अनुगमन तथा नियमन कार्यमा सहयोग पु¥याउनका लागि बा. २ झ ३४०४ नम्बरको स्कारपियो स्थानीय प्रहरीलाई हस्तान्तरण गरेका हुन् । 

कोरोनाको संक्रमणबाट सुरक्षित हुन नेपाल लकडाउन भएको अवस्था सम्मका लागि सहयोग पुगोस भनेर अफूले प्रयोग गर्दै आएको सरकारी गाडी प्रहरीलाई प्रयोग गर्न दिएको मेयर पौडेलले बताए । 

गाडीबाट प्रहरीले कोरोना विरुद्धको सचेतना, संभावित जोखिममा उद्धार र तथा गस्तीमा प्रयोग गर्न सहज हुने अपेक्षा रहेको उनले बताए । आफू अत्यावस्यक काममा खट्नका लागि भने मोटरसाइकल चढ्ने उनको भनाई छ । 
यस्तो अवस्थामा प्रहरीहरुसँग पर्याप्त साधन छैन, त्यसैले यो राज्यकै सम्पत्ती हो र राज्यलाई आवश्यक परेको बेला सहयोग गर्नुपर्छ भनेर सहयोग गर्ने निर्णयमा पुगेको हुँ ’, उनले भने । 

४ बर्ष अगाडि

प्रतिक्रिया