चितवनमा उच्च ज्वरोले एकजनाको मृत्यु, उनी काेराेना विशेष अस्पतालमा उपचाररत थिए

४ बर्ष अगाडि

 चितवनमा उच्च ज्वरो र रुघाखोकीले ग्रसित एकजनाको मृत्यु भएको छ ।

विरगञ्ज स्थायी घर भई चितवन बस्दै आएका तीस वर्षे युवाको उपचारका क्रममा मंगलबार मृत्यु भएका हो । 

उनको भरतपुरस्थित कोरोना विशेष अस्पत्तालमा उपचार भैरहेको अस्पत्तालले जनाएको छ । 

केहीदिनअघि बिरामी परेपछि चितवन मेडिकल कलेज भर्ना भएका उनलाई कलेजले कोरोना विशेष अस्पतालमा पठाएको थियो । 

उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ । 

उनको स्वाब परीक्षणका लागि मंगलबार विहान मात्र टेकु पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया