भरतपुरमा मृत्यु हुने यादवलाई लुपस रोग लागेके थियो: अस्पताल

४ बर्ष अगाडि

भरतपुरमा मृत्यु हुने सन्तोष हुने लुपस रोग लागेका वीरगंजका सन्तोष यादवलाई लुपस रोग लागेको अस्पत्तालले जनाएको छ । 

कोरोना विशेष अस्पताल भरतपुरले वीरगञ्ज जगन्नाथपुरका ३० वर्षे युवा यादवकाे साे रोगका कारण मृगौला कमजोर हुनुका साथै ज्वरो र निमोनिया भएको जनाएको हो ।

चैत ९ गते दिउँसो चितवन मेडिकल कलेजबाट रिफर भई उक्त अस्पतालमा पुगेका यादवलाई राती १० बजे भर्ना गरिएको र १० गते दिउँसोदेखि स्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले बताए । 

त्यसपछि सघन उपचार कक्षमा भर्ना भएका उनलाई आज बिहान साढे ९ बजे मृत घोषणा गरिएको अस्पतालले जनाएको छ । 

हिँजो १० गते नै स्वाव (नमूना कलेक्सन) परिक्षणका लागि काठमाडौं पठाइएकोले उनको रिपोर्ट नआउञ्जेल आइसोलेसनमा राखिने अस्पतालले जनाएको छ । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया