लक डाउन प्रभावः बीमा कम्पनीहरु बन्द, बीमाशुल्कको किस्ता नतिर्नेलाई के हुन्छ ?

४ बर्ष अगाडि

काठमाडौै – कोरोना भाइरसबाट बच्नका नेपाल सरकारले मंगलबारदेखि लकडाउन नै लगाएपछि अन्ततः बीमा कम्पनीहरू पनि बन्द भएका हुन् । बीमा सेवा पनि अत्यावश्यक क्षेत्रमा पर्छ । तर, सरकारले लकडाउन घोषणा गरेपछि बीमा कम्पनीहरुले आफ्नो सेवा दिन सकेका छैनन् ।
कोरोना भाइरसका कारण आएको यो परिस्थतीलाई मध्येनजर गर्दै बीमा समितिले बीमा कम्पनीहरुलाई बीमा सेवामा सहुलियत दिन निर्देशन दिएको । सोमबार एक परिपत्र जारी गर्दै समितिले बिभिन्न निर्देशन दिएको हो । 
समितिकाअनुसार यस अवस्थामा बीमितले बीमाशुल्क नतिरेपनि पनि निजको बीमालेख ल्याप्स हुने छैन । यो परिस्थीति सामान्य भएको १५ दिन भित्र बिना व्याज किस्ता तिर्ने व्यवस्था जीवन बीमा कम्पनीहरुले गर्नूपर्ने बताइएको छ ।
साथै, निर्जीवन बीमा कम्पनीहरुले पनि बीमालेखको अवधी सकिनु भन्दा पहिले नै सम्बन्धीत हकवालालाई जानकारी गराउनुपर्ने बताइएको छ । यसका अलावा बीमालेख जारी गर्दा वा नविकरण गर्दा लाग्ने बीमाशुल्क कुनै पनि माध्यमबाट भुक्तानी गर्न मिल्ने व्यवस्था गर्नुपर्ने बताइएको छ । 
यस्तो छ सुचना
 

४ बर्ष अगाडि

प्रतिक्रिया