विश्वमा सवैभन्दा धेरै पैसा कमाउने खेलाडी मेस्सी एक वर्षमा कति कमाउँछन् ?

४ बर्ष अगाडि

विश्वमा सवैभन्दा धेरै पैसा कमाउने खेलाडीको शीर्ष सूचीमा अर्जेन्टिना एवं बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी रहेका छन् । फ्रान्स फुटबलले अनुसन्धान सहित सार्वजनिक गरको नयाँ तथ्याङ्क अनुसार मेस्सीले वार्षीक एक सय ३१ मिलियन युरो कमाई गर्छन् । यसको नेपाली मूल्य १७ अर्ब रुपैयाँ हुन आउँछ ।

मेस्सीले क्लबबाट पाउने तलब, बोनस र विभिन्न विज्ञापन खेलेर उक्त रकम कमाउने गरेका हुन् । मेस्सीको कमाई गत बर्षको भन्दा एक मिलियन युरो बढी छ ।
 मेस्सी पछि सर्वाधिक कमाउने दोस्रो खेलाडीमा पोर्चुगल एवं युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डोको बार्षिक कमाई एक सय १८ मिलियन युरो रहेको छ । रोनाल्डोको आम्दानी गतबर्ष भन्दा पाँच मिलियन युरो बढी हो ।

यसैगरी तेस्रो स्थानमा रहेको ब्राजिलियन एवं पीएसजीका स्टार नेयमारको कमाई बार्षिक ९५ मिलियन युरो छ । चौथा स्थानमा रहेका ग्यारेथ बेल, पाँचौ स्थानमा रहेका एन्टोइन ग्रीजम्यान र छैटौं स्थानमा आसिन इडेन हाजार्डको कमाई समान ३८ मिलियन युरो छ ।

 सातौं स्थानमा रहेका आन्द्रेय इनिस्टाको ३४ मिलियन, आठौं स्थानमा रहेका रहिम स्ट्र«लिङको कमाई ३३ मिलियन, नवौं स्थानमा रहेको रोबर्ट लेवान्डोस्कीको २९ मिलियन र १०औं स्थानमा रहेका केलियन एमबाप्पेको कमाई २७ मिलियन युरो रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया