अमेरिकन आइडलमा  दिवेशको प्रस्तुति सुनेर जजको आँखा आँसु

४ बर्ष अगाडि

अमेरिकन आइडलमा रहेका २१ वर्षिय नेपाली युवक दिवेश पोखरेलले एक पछि अर्का प्रस्तुतिबाट अमेरिकन आइडलमा हंगामा मचाइरहेका छन् ।

दिवेशले पछिल्लो प्रस्तुतीमा  जज लियोनल रिचीको एरेन्जमेन्ट रहेको गीत गाएका थिए जुन गीत सुनेर  जज  रिचीको आँखामा आासु आएको थियो ।

एकपछि अर्को उत्कृष्ट प्रस्तुती दिदैँ दिवेशले जज तथा दर्शकको मन जितिरहेका छन् । दिवेशले अडिसन राउण्डदेखि नै स्ट्याण्डिङ अवेसन पाइरेहका छन् र पछिल्लो प्रस्तुतिमा पनि तीनै जना जजबाट  स्ट्याण्डिङ अवेसन पाएका थिए  । 

त्यस्तै धेरैले दिवेश ‘अर्थर गन’लाई भविष्यको स्टार भएको प्रतिकृया दिइरहेका छन् भने नेपालमा पनि दिवेशको प्रस्तुतीले तारिफ पाइरेहको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया