जन्मदिनकै दिन आपूर्तिमन्त्रीसामु चुनाैती : आफू खुसी हुने कि आपूर्ति व्यवस्थापन गरेर जनता खुसी पार्ने

४ बर्ष अगाडि

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुक लकडाउनको अबस्थामा पनि उपभोग्य वस्तुको सहज आपूर्ति र पहुँचमा जनतालाई निराश हुन नदिएको दावी गरेका छन् । 

अप्ठ्यारो हुँदा पनि आवश्यक बस्तुको आपूर्तिका लागि सहज व्यवस्थापनको संरचना तयार गर्न आफू सफल भएको उनको भन्दै उनले जनतालाई निराश हुन नदिएको दावी गरे । 

‘आम जनतामा कोरोना संक्रमणले फैलिएका त्रासका बीचमा आपूर्ति व्यवस्थापनको जटिल चुनौति मेरा सामु छ’,  आफ्नो जन्मदिनको अवसरमा शुभकामना दिनेलाई सामाजिक सञ्जाल फेसबुकमार्फत धन्यवाद दिँदै उनले लेखेका छन् ‘तर म एक्लोको प्रयासले मात्र यो सम्भव हुँदैन । यसमा हामी सबैको पहल र साथ जरुरी छ ।’

उनले सबैलाई मिलि कोरोना संक्रमण बिरुद्ध लडन र सबैले लकडाउनको नियम पालना गर्न आह्वान गरे । ‘अप्ठ्यारो परे संबंधित निकायमा खबर गरौं । हामी तपाईसँगै छौ’, मन्त्री भट्टले लेखेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया