मोवाइलमा जति रिचार्ज ग-यो त्यति बोनस

४ बर्ष अगाडि

 उपभोक्तालाई बाहिर निस्केर मोवाइल रिचार्ज गर्न समस्या हुने भएकोले जति रिचार्ज ग¥यो त्यति बोनस दिन नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । 

प्राधिकरणको आज बसेको सञ्चालक समिति बैठकले मुलुक लकडाउन भएको अवस्थामा ग्राहकलाई घर बाहिर जान र रिचार्ज किन्न समस्या हुने भन्दै ‘टप अप’ गरिने ब्यालेन्स बराबरकै बोनस थप्न निर्देशन दिएको हो ।

सञ्चालक समिति बैठकले ग्राहकलाई मोवाइल सेवा प्रदायकले २ सय रुपैयाँसम्म सापटी दिन पनि निर्देशन दिएको प्राधिरकण अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

सरकारले लकडाउन अवधिमा कसैलाई घर बाहिर ननिस्कन भनेकोले यस्तो अवस्थामा सामाजिक उत्तरदायीत्व निर्वाह गर्न भनेको उनले बताए । ‘कम्पनीले सामजिक उत्तरदायित्व अन्तरगत रहेर ग्राहकलाई आर्थिक भार नपर्ने गरी नयाँ प्याकेज ल्याउन पनि सक्ने सुविधा दिएका छौं’, उनले भने । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया