पर्सी बिहान सामान किन्न पसल खुल्ने भएकाेले भोली बाहिर ननिस्कन सरकारकाे आग्रह

४ बर्ष अगाडि

कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि लकडाउन गरेको सरकारले भोली बुधबार बाहिर निस्कन नदिन कडाइ गर्ने भएको छ । 

लकडाउनको पहिलो दिन आज केही मानिसहरु बाहिर निस्कने र डुल्ने गरेकोमा भोलीदेखि थप कडाई गर्ने भएको हो ।

सरकारले अत्यावस्यक वस्तु र खाद्यान्न किनमेलका लागि पर्सि बिहीबार बिहान केही समय पसलहरु खोल्ने व्यवस्था मिलाउने भएकोेले भोली कसैलाई पनि बाहिर ननिस्कन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मोतीलाल दुगडले आग्रह गरे । 

‘यसमा हाम्रो छलफल चलिरहेको छ । हामी कुनै पनि परिवारलाई, व्यक्तिलाई कुनै सामानको कमि हुन्न दिन्नौँ’, उनले भने, ‘लक डाउनको तेश्रो दिन पसल खोल्ने ब्यवस्था मिलाउने योजनामा हामी रहेकोले भोली बाहिर नस्किन सबैलाई आग्रह गर्दछु ।’

उनले यो समयमा कसैलाई खाद्यान्न तथा उपभोग्य वस्तुको आवस्यकता परेमा आपूर्ति मन्त्री, राज्यमन्त्री, सचिव, सहचिवहरु तथा अन्य कर्मचारीलाई टेलिफोन गरेमा तत्काल समस्या समाधान गरिने पनि बताए ।

राज्यमन्त्री दुगडले यो समयमा सबैभन्दा बढी मर्का दैनिक काम गरेर खाने मजदुरहरुलाई परेकोले सरकारले खडा गरेको कोषबाट उनीहरुको रोजीरोटीको व्यवस्था गरिने बताए ।

‘कोही पनि गरिब मान्छेहरु जो खानालाई धन छैन र ईलज गर्नलाई समस्या छ भने हामी उहाँहरुको समस्या समाधान गर्छौँ, हामी कुनै पनि हालतमा कुनै पनि व्यक्तिलाई भोकै बस्न दिँदैनौँ’, उनले भने । 

यसका लागि उनीहरुका खोजी पहिचान गर्ने वा समस्या हुनेहरुले आफै पनि फोन गरेर जानकारी गराउन सक्ने तथा सञ्चारमाध्यमले उनीहरुका समस्या सम्बन्धित निकायमा पु¥याउन सक्ने दुगडको भनाई छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया