नेपालमा अर्काे व्यक्तिलाई पनि देखियो कोरोना संक्रमण

४ बर्ष अगाडि

काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमित अर्काे व्यक्ति पनि भेटिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितका संख्या ३ पुगेको छ । 
स्वास्थ्य मन्त्रालयले यसको पुष्टी गरेको हो । 
मन्त्राललयकाअनुसार हाल सम्म ६८७ जनाले कोरोना भाइरस भए ÷ नभएको भनि परिक्षण गरिएको छ । त्यसमा  ६८४ जनाको नेगेटिभ देखिएको छ  भने ३ जनामा संक्रमण देखिएको छ । 
यद्यपि, तेस्रो व्यक्ति को हुन भनेर खुलाइएको छैन । केही दिन अघि प्रान्सबाट आएकी एक युवतीलाई संक्रमण भेटिएको थियो । त्यस अघि अर्का एक व्यक्ति संक्रमित भएर निको भइसकेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया