लकडाउनले पुनर्बीमाको आईपीओ अन्योलमा, कहिले हुन्छ बाँडफाड ?

४ बर्ष अगाडि

काठमाडौं –  कोरोना भाइरसको बढ्दो प्रभावबाट बच्न सरकारले लकडाउन लगाएपछि नेपाल पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाड अन्योलमा परेको छ । धितो पत्र बिक्री प्रवन्धक आरवीवी मर्चेन्टले आगमी चैत १४ गते उक्त आईपीओ बाँडफाड गर्ने बताएको थियो । तर, सरकारले अकस्मात लकडाउन लगाएपछि त्यो अन्योलमा परेको छ । 
कम्पनीले गत चैत ४ गतेदेखि चैत ७ गतेसम्म १ अर्ब ६० करोड रुपैयाँको आईपीओमा आवेदन खुल्ला गरेको थियो । १ करोड ६० लाख कित्तामा उक्त आईपीओ १ करोड ५१ लाख कित्ता सर्वसाधारणले  छुटाइएको थियो । त्यसमा चैत ७ गतेसम्म ४ लाख भन्दा बढीले आवेदन दिएका छन् । स्रोतकाअनुसार लकडाउन खोलेको १ हप्तामा नै उक्त आईपीओ बाँडफाड गर्ने बताइएको छ । 
सरकारले १८ गतेसम्म लकडाउन लगाएको छ । तर, त्यसपछि पनि लकडाउनले निन्तरता पाउने अवस्था पनि देखिएको छ । लकडाउन खुल्ने अवस्था नै नभएको बेला पुनर्बीमा कम्पनीको बाँडफाडँ पनि अन्योलमा पर्ने देखिन्छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया