लकडाउनमा कसरी लिने बैंकिङ सेवा ? बैंकर्स संघले गर्यो यस्तो निर्णय

४ बर्ष अगाडि

काठमाडौं – कोरोना भाइरसको प्रकोपबाट बच्न लगाइएको लकडाउन अवधीमा बैकिङ सेवालाई सहज बनाउने बिषयमा नेपाल बैंकर्स संघको अनलाइन बैठक सम्पन्न भएको छ । बुधबार भएको उक्त बैठकले साताव्यापी ‘लकडाउन’लाई पूर्णरूपमा कार्यान्वयन गर्दै वाणिज्य बैंकले ग्राहकलाईस हजरुपमा बैंकिङ सुविधा दिने प्रतिबद्धता जनाएको छ । 
यस अवधीमा सर्वसाधारणको कमाइको पूर्ण सदुपयोग हुने गरी बैंकका आवश्यक शाखा खोलेर पूर्ण सेवा दिने  बैठकको निर्णय रहेको छ । ग्राहकलाई एटीएममा पर्याप्त रकम उपलब्ध गराउने, एटीएम नभएका शाखा सीमित समयका लागि खुला गर्ने निर्णय संघको रहेको छ ।
यस्तै संघले ग्राहकलाई डिजिटल बैंकिङमार्फत कारोबार गर्न आग्रह पनि गरेको छ । 
लकडाउनका बेलामा पनि वाणिज्य बैंकका शाखाले एलसी ट्रेजरीलगायत अत्यावश्यक सेवा दिइने संघको भनाइ छ । बैठकले अत्यावश्यक वस्तुको आयातमा बैंकले दिने सेवा सबै शाखाबाट उपलब्ध गराउने निर्णय गरेको छ । 
संघको निर्णयअनुसार बैंकका शाखाले एटीएममा पर्याप्त रकम राख्नेछन् भने ती शाखाबाट नगद कारोबार हुनेछैन, एटीएम नभएका शाखा भने सीमित समयका लागि खुला गरिनेछ । एटीएम नभएको ठाउँको शाखा दिउँसो १ बजेसम्मे खुल्ला हुनेछ ।       
 बैंकका शाखाले दुई आधिकारिक व्यक्तिको सम्पर्क नम्बर ग्राहकलाई उपलब्ध गराउने र ग्राहकले ती व्यक्तिलाई अत्यावश्यक परेको खण्डमा सेवा लिन सम्पर्क गर्न सक्ने संघले भनेको छ । 
यस्तै, स्थानीय तथा सरकारी निकायलाई बैंकका कर्मचारीलाई स्वास्थ्य तथा सुरक्षा उपकरण उपलब्ध गराइदिन समेत आग्रह गर्ने संघको भनाइ छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया