हेटौँडा  सुनसान : जनता घरमा

४ बर्ष अगाडि

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले घोषण गरेको लकडाउनले हेटौँडा बजार आज दोस्रो  दिन  पनि सुनसान भएको छ  ।  फाट्टफुट्ट रुपमा केही मोटरसाइकल चले पनि सर्वसाधारण घर बाहिर निस्केका छैनन्   । किनमेलका लागि खास  गरी बिहान र  साँझपख पसल खुल्ने  र  ग्राहकको  भीड लागेको देखिन्छ  । 

सुरक्षाका लागि  नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरीका टोली मुख्य बाटो तथा चोकमा सुरक्षाका लागि खटिएका छन्  । सडकमा जथाभावी हिँडनेलाई  घरमा बस्न सचेतसमेत गराइएको छ  ।  उता कोरोना भाइरसको  जोखिमबाट सचेत रहन स्थानीय प्रशासनले हेटौँडा उपमहानगरपालिकाले माइकिङ  गरी सूचना प्रदान  गर्दै आएको छ  । 

साथै  स्थानीय प्रशासनद्वारा हेटौँडाका विभिन्न स्थानमा ५०० क्वारेन्टाइन  तथा अस्पतालमा उपचारका लागि व्यवस्थासमेत  गरेको छ  ।  त्यस्तै हेटौँडामा रहेको उद्योग, कलकरखाना तथा व्यावसायिक प्रतिष्ठानसमेत बन्द भएका छन्  ।  साथै अलपत्र परेका लामो दूरीका सवारी साधनलाई जाने व्यवस्थासमेत गरिएको  जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको  छ  ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया