मोजाम्बिकमा कन्टेनरबाट ६४ शव फेला

चैत १३, २०७६ | आजको अर्थ
ajaako_artha

शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय नियोग ‘आइओएम’ का अनुसार मोजाम्बिकमा एउटा कन्टेनरभित्र ६४ पुरुषको शव फेला परेको छ ।

बाहिरबाट बन्द गरिएको उक्त कन्टेनरलाई टेटेस्थित एउटा चेकप्वाइन्टमा सुरक्षा जाँचका क्रममा खोलेर हेर्दा शवहरु फेला परेको अधिकारीहरुको भनाइ छ ।

आइओएमका अनुसार १४ जनाको भने उद्धार गरिएको छ । स्वास्थ्य परीक्षणका लागि उनीहरुलाई स्थानीय अस्पतालमा पठाइएको छ ।

उद्धार गरिएकाहरुका अनुसार उनीहरु इथियोपियाबाट दक्षिण अफ्रिका जाँदै थिए । कन्टेनर चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ । चालकका अनुसार उसलाई ती व्यक्ति लगिदिएबापत करिब ५ सय डलर दिने प्रतिबद्धता जनाइएको थियो ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११९.४८१२०.०८
European Euro१३१.५६१३२.२२
UK Pound Sterling१४६.०११४६.७४
Swiss Franc१२४.२३१२४.८५
Australian Dollar७२.५३७२.९०
Canadian Dollar८४.८६८५.२९
Singapore Dollar८३.३५८३.७७