३६ वटा भन्सारमा औषधि छर्केर मात्र सामान भित्र्याउन शुरू, औषधि भन्सार कार्यालयहरुले आफै किन्ने

४ बर्ष अगाडि

सरकारले देशका ३६ वटै भन्सार कार्यालयबाट भित्रने वस्तुमा संक्रमण नियन्त्रक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केर मात्रै स्वदेश भित्र्याउने भएको छ । 

विदेशबाट आयात हुने सामानमार्फत भित्रन सक्ने कोरोना संक्रमण रोक्न सबै वस्तुलाई संक्रमण नियन्त्रक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केर मात्रै स्वदेश भित्र्याउने भएको हो । 

भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार सबै भन्सार कार्यालयहरुलाई तत्कालका लागि आफ्नै स्रोतबाट डिसइन्फेक्सन स्प्रे गर्न निर्देशन जारी गरिएको छ । 

निर्देशन अनुसार देशभरका ३६ वटै भन्सार यार्ड, त्यहाँ भित्रिने सामान, सवारी साधन, सवारी चालक तथा कार्यालय परिसरमा डिसइन्फेक्सन स्प्रे प्रयोग गनुपर्ने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया