चैत मसान्तसम्म बैंकहरूले कर्जाकाे ब्याज उठाउन नपाउने

४ बर्ष अगाडि

सरकारले बैंकहरूले कर्जाको सावा ब्याज असुली गर्ने काम चैत मसान्तसम्म  स्थगत गर्ने निर्णय गरेकाे छ । 

अर्थमन्त्रालयमा बुधबार अर्थमन्त्री डा युवराज खतिवडाको अध्यक्षतामा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।

कोरोना भाइरसको प्रभावका  कारण देश लकडाउन भएकाेले  यस्ताे निर्णय गरिएकाे समितिले जनाएकाे छ । 

लकडाउनका कारण उद्याेग व्यवसय ठप्प भएकाे तथा अन्य ऋणीहरूपनि बैंक पुगेर कर्जा बुझाउन सक्कने अवस्था छैन । 

यसअघि उद्याेगीहरूले कर्जाकाे ब्याज भुक्तानी तत्काल गर्न नसकिने गुनासाे गर्दै आएका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया