औषधी र ग्याँस उद्योगका कर्मचारीलाई उद्योगले नै गाडिको व्यवस्था गर्नुपर्ने

४ बर्ष अगाडि

औषधि र ग्याँस उद्योगका कर्मचारीलाई सम्बन्धित उद्योगले नै सवारी साधनको व्यवस्था गरिदिनुपर्ने भएको छ । 

लकडाउनको अवस्थामा पनि औषधि उद्योग र ग्याँस उद्योग सञ्चालन गर्नैपर्ने भएकोले कार्यरत कर्मचारी तथा श्रमिकलाई आवतजावतमा समस्या हुन नदिनका लागि सम्बन्धित उद्योगले नै गाडिको व्यवस्था गर्न सरकारले निर्देशन दिएको हो । 

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले यसका यस्तो निर्देशन दिएको हो । 

ति उद्योगका सवारी साधनका लागि गृह मन्त्रालयले आवश्यक अनुमति दिने व्यवस्था मिलाउन पनि गृहले भनेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया