आज रातीदेखि एनसेलकाे रिचार्जमा ५० प्रतिशत बोनस, ५०० रुपैयाँसम्म ट्रान्स्फर गर्न सकिने

४ बर्ष अगाडि

मोवाइल सेवा प्रदायक एनसेलले आजरातीदेखि हरेक रिचार्जमा ५० प्रतिशत सम्म बोनस दिने भएको छ ।   ग्राहकले रु५०, १००, २००, ३००, ५०० र १००० रुपैयाँको रिचार्जमा ५० प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन्। 

लक डाउनका बेला ग्राहकले रिजार्च किनिरहन बजार जान संभव नहुने र घरभित्र बसिरहँदा नगद वा रिचार्जको संभव नहुनसक्ने भएकोले  ५० प्रतिशत बोनस दिने व्यवस्था ल्याएको हो । 

प्राप्त बोनस रकम एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन्। 

एनसेलले  सजिलो होस् भनेर अफर ल्याएको छ।  एनसेलले सापटी रकममा वृद्धि गरेको छ भने निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवाका साथै रिचार्जमा ५० प्रतिशत बोनस र स्टे होम प्याक योजना ल्याएको छ।

ब्यालेन्स ट्रान्सफर सेवा अन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र रहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई आफ्नो मेन ब्यालेन्सबाट निःशुल्क रुपमा ब्यालेन्स रकम उनीहरुको मोबाइलमा पठाउन तथा उनीहरुबाट प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ। ब्यालेन्स ट्रान्सफरको सिमा एक दिनमा अधिकतम ३ पटकबाट २० पटक पुर्याइएको छ।

प्रिपेड ग्राहकले १० देखि ५०० रुपैयाँसम्म आफ्नो मेन ब्यालेन्सबाट एनसेलको अन्य कुनै नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न सक्नेछन्। ब्यालेन्स ट्रान्सफरबाट प्राप्त रकमबाट ग्राहकले कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सक्नेछन्। एस्ट्रिक्स १७१२२ एस्ट्रिक्स पाउने व्यक्तिको मोबाइल नम्बर एस्ट्रिक्स ट्रान्सफर गर्ने रकम ह्यास डायल गरी ग्राहकले निःशुल्क ब्यालेन्स ट्रान्सफर गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

एनसेल सापटी सेवा अन्तर्गतको सापटी रकमलाई बढाएको छ। यससँगै एनसेलका ग्राहकले विगतमा यो सेवा प्रयोग गरेको व्यवहारको आधारमा न्युनतम ४० देखि अधिकतम २०० रुपैयाँसम्म सापटी लिन सक्नेछन्। 

विपद्को घडीमा कार्यलयको कामकाज घरबाटै पुरा गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले १५ जिबी डेटा भोलुम सहितको स्पेशल डेटा प्याक स्टे होम प्याक ल्याएको जनाएकमो छ।

ग्राहकले कर बाहेक  २३० रुपैयाँ ९कर सहित २९३।६९० मा यो प्याक सुचारु गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ। १५ जिबी डेटामा १० जिबी डेटा सबै नेटवर्कमा ९टुजी, थ्रिजी र फोरजी० मा लागु हुनेछ भने ५ जिबी डेटा फोजी नेटवर्कमा मात्र लागु हुनेछ। यो प्याकको समयावधि सात दिनको रहेको छ र ग्राहकले मध्यरात देखि बेलुका ६ बजेसम्मको समयमा डेटा प्रयोग गर्नु पर्ने छ।

४ बर्ष अगाडि

प्रतिक्रिया