रिचार्ज रकमको शत प्रतिशत बोनस दिने नेपाल टेलिकमको योजना

चैत १२, २०७६ | आजको अर्थ
ajaako_artha

लकडाउनका कारण घरमै बसेका ग्राहकलाई  थप सहज बनाउन नेपाल टेलिकमले  रिचार्जमा शत प्रतिशत वोनस दिने भएकाे छ । 

टेलिकमले जीएसएम  तथा सिडीएमए को प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत वोनसको व्यवस्था गरेको हाे ।

यसरी प्राप्त गरेको वोनस रकमबाट नेपाल टेललकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सककने छ। तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न सकिने छैन। यो  सुबिधा चैत्र १३ गतेदेखि ७ दिनको लागि लागू हुनेछ।  

रिचार्ज कार्ड प्रयोग गरी ५० र  १ सय रपैयाँ रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिन भित्र खपत गरिसक्नु पर्छ भने २ सय र  ५ सय को रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ।

त्यसैगरी १ हजार को रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्नेछ । एमपोस वा विद्युतीय रिचार्ज अन्तर्गत १० देखि  ९९ रुपैयाँ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र खपत गरिसक्नु पर्नेछ।

साथै  १ सय देखि रु. ४ सय ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र खपत गरिसक्नु पर्नेछ। यसैगरी रु. ५ सय देखि  ९ सय ९९ रपैयाँ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्नेछ भने १ हजार भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्ने टेलिकमले जनाएकोछ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११९.४८१२०.०८
European Euro१३१.५६१३२.२२
UK Pound Sterling१४६.०११४६.७४
Swiss Franc१२४.२३१२४.८५
Australian Dollar७२.५३७२.९०
Canadian Dollar८४.८६८५.२९
Singapore Dollar८३.३५८३.७७