कोरोना भाइरसको जाँच र उपचार गर्ने अस्पत्तालका स्वास्थ्यकर्मी भन्छन् – ‘हेप्नुको पनि सीमा हुन्छ नि..।’

४ बर्ष अगाडि

कोरोना संक्रमणको आशंकामा चेकजाँचमा आउने र संक्रमितको उपचार गर्ने शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पताल टेकुका स्वास्थ्यकर्मीले आफूहरुलाई संक्रममितको रिपोर्ट २४ घण्टासम्म पनि नदिएर जोखिममा राखिएको भन्दै चिन्तित भएका छन् । 

संक्रमितहरुको स्वाव टेण्ट गर्र्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र स्वास्थ्यमन्त्रालयले संक्रमण फेला परेका बिरामीको बारेमा आफूहरुलाई जानकारी नदिएर जोखिममा राखिएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । 

संक्रमणको आशंकामा आएकाहरुलाई जाँच गर्ने, नै स्याम्पल कलेक्सन गर्ने र उपचार गर्ने भएपनिउनीहरुमा संक्रमण भए नभएको जानकारी समयमै नदिईँदा आफूहरु असुरक्षित भएको उनीहरुको गुनासो छ । 

‘हामी संक्रमितका आफन्तसँग कुरा गरिरहेका हुन्छौं । भेटिरहेका हुन्छौं । तर, संक्रमित को हो भन्ने थाहा नपाउँदा हामी जुनसुकै बेला संक्रमित हुन सक्छौं नि’, अस्पत्तालका एक चिकित्सकले भने, ‘‘ल्याबको रिपोर्ट तुरुन्त उपचार गर्ने चिकित्सकलाई थाहा भयो भने धेरै कुरामा सतर्कता अपनाउन सकिन्छ । बिरामीको उपचार पनि समयमै हुन्छ ।’

चिकित्सकको सुरक्षा मात्र होइन २४ घण्टासम्म पनि जानकारी नपाउँदा  संक्रमितको उपचार पनि नहुने गरेको उनीहरुको भनाई छ । ‘चाँडै जानकारी पाएमा संक्रमतिलाई बचाउन सक्ने सम्भावना धेरै हुन्छसमयमा जानकारी नपाउँदा संक्रमितलाई के आधारमा औषधी चलाउने ?’ 

 नेपालमा पछिल्लो पटक भेटिएका दुईवटै बिरामीको बारेमा रिपोर्ट आएको २४ घण्टा बितिसक्दा पनि आफूले उपचार गरेको बिरामी को हो भन्ने थाहा नपाएको उनीहरुको भनाई छ । 

रिपोर्ट आएपछि चिकित्सक र संक्रमित व्यक्ति तथा आफन्तलाई समेत थाहा नहुँदा समस्या भएकोले यो अबस्थामा काम गर्न समेत नसक्ने उनीहरुको चेतावनी छ । 

अस्पत्तालका निर्देशक सागरकुमार भण्डारीले  जनस्वास्थ्य प्रयोगशालका कर्मचारीले आफैं जस लिनका लागि मिडियाबाजी  गर्ने तर उपचार गर्ने स्वास्थ्यकर्मीलाई जानकारी नदिने गरेकोले उपचारमा संलग्न चिकित्सकहरु तर्सिएको बताए । ‘यस्तै तरिकाले त हाम्रो अस्पतालका चिकित्सकले काम गर्न सक्दै सक्दैनन्’, उनले भने ‘हेप्नुको पनि सीमा हुन्छ नि..।’
 

४ बर्ष अगाडि

प्रतिक्रिया