भैरहवा भन्सार आंशिक सञ्चालन

चैत १३, २०७६ | आजको अर्थ
ajaako_artha

नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय आंशिक रुपमा सञ्चालन भएको छ । बुधबार साँझ ६ बजेसम्म भैरहवा भन्सार कार्यालयबाट ८५  मालवाहक ट्रक भारतबाट नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

एलपी ग्यास बुलेट १५ , पेट्रोलियम पदार्थ बोकेका  ट्रक  चार, खाद्यान्न तथा कच्चा पदार्थ बोकेका ट्रक २१  र तरकारी, फलफूल बोकेका ट्रक ४५ वटा नेपाल आएको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले जानकारी दिए । लकडाउनभन्दा पहिला भने दैनिक चार सयदेखि ६ सय ट्रक भारतबाट नेपाल आउने गरेका थिए ।

लकडाउन भएपछि नेपाल आउन डराएका भारतीय चालकको सुरक्षा नेपाली पक्षले गर्ने प्रत्याभूत गरेपछि आजदेखि  भारतीय ट्रक नेपाल आउन थालेका छन् । “भारतमा पनि लकडाउन भएपछि  नियमित नेपाल आउने मालवाहक ट्रकहरु सबै नआए पनि खाद्यान्न, ग्यास र पेट्रोलियम पदार्थ बोकेका ट्रकहरु सहज रुपमा नेपाल ल्याउने प्रयास भएको छ”, भैरहवा भन्सार कार्यालयका प्रमुख भट्टराईले भने ।

नेपाल आएका भारतीय ट्रकलाई पनि भारतमा सहजरुपमा पठाउन दुई देशको सहमति भएको छ ।  सामान बोकेर आज नेपाल आएका  ११४   ट्रक खाली गरी भारततिर पठाइएको शसस्त्र प्रहरी बल राजस्व भंसार गुल्म भैरहवाका सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमण देखिए पनि मानिसहरु आवतजावतमा रोक लगाइएको नेपाल भारत सीमामा मालवाहक ट्रक भने सहजरुपमा आउन जान पाउने सहमति भएको छ ।
भारतबाट नेपालतर्फ आउने मालवाहक ट्रकहरुमा भने कोरोना सङ्क्रमण रोक्ने कुनै प्रकारको सुरक्षा नअपनाइएको स्थानीयवासीले बताएका छन् । न त स्प्रे गरिएको छ न त चालकहरुको उचितरुपमा स्वास्थ्यजाँच गरिएको छ भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । भन्सार कार्यालयले भने चालकहरुको स्वास्थ्य जाँच गर्ने  र गाडीको सफाइमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११९.४८१२०.०८
European Euro१३१.५६१३२.२२
UK Pound Sterling१४६.०११४६.७४
Swiss Franc१२४.२३१२४.८५
Australian Dollar७२.५३७२.९०
Canadian Dollar८४.८६८५.२९
Singapore Dollar८३.३५८३.७७