एक लाख बढी क्वारेन्टाइन बेड

चैत १३, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौँ। सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर उच्च सतर्कतासाथ एक लाख ३० हजार क्वारेन्टाइन बेडको निर्माण लक्ष्यसहित कार्यलाई तीव्रता दिएको छ ।
सरकारले राजधानी काठमाडौँमा पाँच हजार क्वारेन्टाइनका लागि ठाउँको पहिचान र व्यवस्थापन कार्य अगाडि बढाएको छ ।

 क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजकसमेत हरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नगरकोटका होटल व्यवसायीसँग बुधबार बिहान भेट गरी क्वारेन्टाइनका लागि होटल उपलब्ध गराउन आग्रह गरेका छन् ।

मन्त्री भट्टराईले व्यवसायीसँगको भेटघाटमा विश्व र मानव समाज नै गम्भीर सङ्कटबाट गुज्रिरहेको वर्तमान अवस्थाबाट मुक्तिका लागि सबैको सहकार्य, सहयोग र समन्वय आवश्यक रहेको बताए । उनले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि नागरिकको अनुशासन प्रमुख भएको स्पष्ट पारे।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११९.४८१२०.०८
European Euro१३१.५६१३२.२२
UK Pound Sterling१४६.०११४६.७४
Swiss Franc१२४.२३१२४.८५
Australian Dollar७२.५३७२.९०
Canadian Dollar८४.८६८५.२९
Singapore Dollar८३.३५८३.७७