आजपनि ओरालो लाग्यो डलरको भाउ

४ बर्ष अगाडि

दुईदिनअघि अहिलेसम्मै धेरै पुगेको अमेरिकी डलरको भाउ आजपनि घट्नेको छ । गएको मङ्गलबार बिक्री मूल्य नेपाली एक सय २२ रुपैयाँ ३४ पैसा पुगेको डलर आज बिहीबार एक सय २१ रुपैयाँ ७२ पैसामा झरेको हो । 

यसअघि हिँजो बुधबार डलर ५१ पैसाले घटेर १ को बिक्रीदर एक सय २१ रुपैयाँ ८३ पैसा तोकिएको थियो । आज त्यसमा पनि ११ पैसाले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंकले बिहीबार ९चैत १३० जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर रु १ को खरिददर भने आज १ सय २१ रुपैयाँ १२ पैसा तोकिएको छ ।

यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६२ पैसा र बिक्रीदर २७ रुपैयाँ ७६ पैसा रहेको छ।  

४ बर्ष अगाडि

प्रतिक्रिया