अब २५ अस्पतालमा कोरोनाको लक्षण जाँच हुने, सरकारले दियो २ करोड ५० लाख

४ बर्ष अगाडि

कोरोनाको लक्षण जाँच्ने गरि फिवर क्लिनीक सञ्चालन गर्न सरकारले देशभरका २५ अस्पताललाई २ करोड ५० लाख उपलब्ध गराएको छ । 

प्रति अस्पताल १० लाख रुपैयाँको दरले २५ अस्पताललाई सो रकम उपलब्ध गराएको स्वाथ्य मन्त्रालयले जनाएको छ । 

सो रकमबाट ति अस्पत्तालमा फिभर क्लिनिक सञ्चालनको लागि आवश्यक सामग्री खरिद र व्यवस्थापन गरिनले मन्त्रालयले जनाएको छ । 

हब अस्पताल भनेर तोकेका २५ वटा अस्पतालमा सञ्चालन हुने फिभर क्लिनिक कोरोना भाइरस संक्रमणको शंकास्पद विरामीको पनि प्रारम्भिक उपचार हुने र प्रमाणित भए मात्रै थप उपचारका लागि कोरोना भाइरस उपचार हुने अस्पतालमा पुर्‍याउने व्यवस्था स्वास्थ्य मन्त्रालयले गरेको हो।

त्यसैगरी, मन्त्रालयले कोभिड(१९ रोग उपचार प्रक्रियाको लागि प्रोटोकल पनि बनाएको छ।

साधारण रुघाखोकी र ज्वरो आएको विरामीको उपचारको लागि स्वास्थ्यकर्मीहरुले मन्त्रालयले तोकेअनुसारको मास्क, पन्जा, चश्मा र क्याप टोपी लगाउनु पर्ने प्रोटोकलमा उल्लेख छ।

यदी उक्त विरामी कोभिड(१९ को भएको प्रमाणित भएका त्यही रोग उपचार हुने अस्पतालमा लैजाने र त्यस्ता अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको लागि पूर्ण सुरक्षाको व्यवस्था गरिएको मन्त्रालयले बताएको छ। 

ज्वरो र रुघाखोकी लागेका विरामी आउँदैमा नआत्तिन अस्पतालहरुलाई मन्त्रालयले अनुरोध गरेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया