एक एक महिनाको तलव जम्मा गरेर उर्जा उत्पादकहरूले काेराेना विरूद्दकाे राहत काेषमा १ कराेड जम्मा गर्ने

४ बर्ष अगाडि

कोरोना भाइरस विरुद्ध लड्न स्थापना गरिएको राहत कोषमा नेपालका निजी क्षेत्रका ऊर्जा उत्पादकहरुले  एक करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।  

उनीहरुको संगठन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का मार्फत सबै निजी क्षेत्रका ऊर्जा उत्पादकहरु मिलेर सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्ने जनाएका हुन् । 

इपानका उपाध्यक्ष कुमार पाण्डेले लक डाउनका कारण बैंकिङ कारोबार रोकिदा प्रतिवद्धता गरे अनुसार रकम संकलनमा ढिलाई भएको तर चाँडै एक करोड रुपैयाँ राहत कोषमा जम्मा गर्ने बताए । 

इपानमा अहिले १७४ वटा जलविद्युत आयोजनाका प्रवर्द्धकहरु आवद्ध छन्। ती सदस्यहरुबाट कम्तिमा एक महिनाको तलव बराबरको रकम संकलन गर्दा पनि एक करोड रुपैयाँ संकलन हुने उनको भनाई छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया