भोली र पर्सी नेपाली आकाशमा विशेष विमान उड्दै, जर्मनीले आफ्ना ६ सय नागरिक लैजाने

४ बर्ष अगाडि

जर्मन सरकारले नेपालमा रहेका आफ्ना ६ सय नागरिकलाई विशेष विमान मार्फत स्वदेश लैजाने भएको छ । कतार एयरवेजको विशेष विमानमार्फत फ्रान्सले शुक्रबार र शनिबार गरि २ वडा उडानमार्फत आफ्ना नागरिक लैजान लागेको हो । 

कोरोना भाइरस (कोभिड १९) महामारीको संक्रमण रोक्न सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि जर्मनले विशेष विमानमार्फत आफ्ना नागरिक लैजान लागेको हो । 

जर्मन सरकारको अनुरोधमा नेपाल सरकारले कतार एअरलाई दुई चार्टर्ड उडानको अनुमति दिएको छ।ती विमानमध्ये एउटा शुक्रबार र अर्को शनिबार एकै समय बिहान १०ः१५ मा ल्यान्ड गरी ११ः३० मा दोहाका लागि र त्यहाँबाट ती जहाज जर्मनको फ्र्याँकफर्ट जानेछन्। 

ती हरेक जहाजमा ३÷३ सय यात्रु हुने आधिकारिक स्रोतले जानकारी दिएको छ। 

तिनीहरुमध्ये अधिकांश ट्रेकिङ र पहाडी क्षेत्रमा रहेकाले उनीहरु काठमाडौँमा आइपुगेपछि मात्र सम्बन्धित दूतावासहरुले चार्टर्ड विमानको अनुमति लिने प्रक्रिया सुरु गर्ने बुझिएको छ।

हालको अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध चैत १९ सम्म जारी रहनेछ। प्रतिबन्ध जारी रहेमा विशेष उडानको व्यवस्था गर्नुपर्ने हुन्छ।

४ बर्ष अगाडि

प्रतिक्रिया