आजदेखि काठमाडौंमा घुम्ती पसल : खाद्यान्न र ग्याँस चाहिए फाेन गर्नुस, घरमै आउँछ

४ बर्ष अगाडि

 सरकार र नीजि क्षेत्र मिलेर आजदेखि काठमाडौंमा घुम्ती पसल सञ्चालन गर्ने भएका छन् । कोराना भाइरस (कोभिड–१९) संक्रमणका फैलन नदिन लकडाउन भएको अवस्थामा अत्यावश्यक वस्तुको आपूर्तिका लागि  २४ ओटा  मोबाइल पसल (घुम्ती पसल) सञ्चालन गर्न लागिएको हो । 

साल्ट ट्रेडिङ कर्पोरेशनले ४ ओटा र खाद्य व्यववस्था तथा व्यापार कम्पनीले दुई ओटा र निजी क्षेत्रले  ८ ओटा घुम्ती पसल सञ्चालन गर्न लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

आपूर्तिमन्त्री लेखराज भट्टले दुई सरकारी कम्पनी र निजी डिपार्टमेन्टल स्टोरहरूलाई मोबाइल भ्यानमार्फत घुम्ती पसल सञ्चालन गर्न निर्देशन दिएपछि आजदेखि यस्ता पसल सञ्चालन गर्ने तयारी गरिएको आपुर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् । 

घुम्ती पसलमा खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दुध तथा दुधजन्य पदार्थ, पानी, सरसफाई सामाग्री, चिनी, तेल जस्ता वस्तु उपलब्ध हुनेछन्।

केसीका अनुसार मोवाइल भ्यानहरुले ग्राहकको मागअनुसार धेरै वस्ती भएका ठाँउहरुमा खाद्यान्न तथा अत्यावश्यक वस्तुहरू पुर्‍याउने छन्। सुरक्षा प्रवन्धका लागि गृहमन्त्रालयसँग सहकार्य गरिएको छ । 

ग्राहकले सम्बन्धित कम्पनीको ल्याण्डलाइन नम्बरमा फोन गरेर अर्डर गरेपछि ग्राहकको मागअनुसारका खाद्यान्न र  अत्यावस्यक सामान लिएर भ्यानहरु ग्राहकको नजिक पुग्नेछन् । 

नीजि क्षेत्रको तर्फबाट भाटभटेनी, बिगमार्ट, सेल्सबेरी लगायतका निजी डिपार्टमेन्टल स्टोरहरुले पनि पसल सञ्चालन गर्ने छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया