सबै कर्मचारीलाई कोरोना संक्रमण नियन्त्रण कोषमा रकम जम्मा गर्न सरकारको निर्देशन

४ बर्ष अगाडि

सरकारले सबै तहका कर्मचारीलाई कोरोना संक्रमण नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्न निर्देशन दिएको छ ।  

श्रेणीबिहिनदेखि मुख्यसचिव सम्म सबै कर्मचारीले तीन देखि ५ दिनको तलव कटाएर कोषमा जम्मा गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीहरुले शुरु तलब स्केलको ७ दिन बराबरको तलव कोषमा जम्मा गर्नुपर्ने छ । 

त्यस्तै राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुले शुरु तलब स्केलको ५ दिन बराबरको तलव जम्मा गर्नुपर्ने छ । 

राजपत्र अनंकित र श्रेणीबिहीन कर्मचारीहरुका लागि भने शुरु तलब स्केलको ३ दिनको तलब बराबरको रकम जम्मा गर्ने निर्णय भएको जनाइएको छ । 

मन्त्रीपरिषदले सतसाता कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचारको सहयोगार्थ कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष स्थापना गरेको थियो । 

कर्मचारीलालाई कोषको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न भनेको छ ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया