अमेरिकामा ८५ हजार ६१२ कोरोना भाइरस सङक्रमित

४ बर्ष अगाडि

विश्वव्यापी रुपमा सङ्क्रमण फैलाइरहेको कोरोना भाइरस सङ्क्रमति व्यक्तिको सङ्ख्या अमेरिकामा सबभन्दा बढी भएको शुक्रबार प्राप्त एक समाचारमा जनाइएको छ ।  

अमेरिकामा कोरोना भाइरस सङ्क्रमतिको पछिल्लो सङ्ख्या ८५ हजार ५९४ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड १९ सङक्रमितका यो सङ्ख्या चीनको भन्दा बढी हो ।

गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरको शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनमा शुक्रबारसम्म ८१ हजार ३४० जना सङ्क्रमित रहेका छन् । 

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा कोरोना भाइरसको कारण ८० हजार ५८९ जना सङक्रमित रहेका छन । 

इटलीमा दुई दिनको तुलनामा यस भाइरस प्रकोपबाट ज्यान गुमाउनेको सङ्ख्या फेरी बढेको छ । त्यहाँ एकै दिनमा ७१२ जनाको ज्यान गएको छ ।

फ्रान्समा एक दिनमा ३६५ जनाको मृत्यु भएको भने, बेलायतमा पनि एकै दिनमा पहिलो पटक १०० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया