खाद्य कम्पनीलाई विद्युतीय चुलो बेच्न भ्याइनभ्याई, अर्डर अनुसार घरमै पु-याउने व्यवस्था

४ बर्ष अगाडि

गोरखा भुकम्पको समयमा चीन सरकारे नेपालाई उपलब्ध गराएका विद्युतीय चुलो कोरोना भाइरसकको संक्रमण रोक्न देश लकडाउन भएको बेला धमाधम बिक्री भएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग रहेका चुलो चारवर्षपछि धमाधम बिक्री भएका हुन् । 

विद्युतीय चुलो कम्पनीले मोवाइल म्यानमार्फत ग्राहकको घरघरमै पु¥याउने व्यवस्था गरेको छ । 

लकडाउनको कारण ग्याँस किन्न बजार जान समस्या र ग्यास नपाइने सन्त्रासका कारण भएपपछि उपभोक्ताले कम्पनीमा फोन गरेर धमाधम चुलो किन्ने गरेका छन् । 

सरकारले बुधबार मात्रै विद्युतीय चुल्हो प्रयोग गर्नेलाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट र चुलोमा १५ प्रतिशत छुट दिने निर्णय गरेपछि पनि विद्युतीय चुलोको माग बढेको हो । 

गोरखा भुकम्पको बेला चीन सरकारले कूल ७ हजार ३४० थान विद्युतीय चुल्हो उपलब्ध गराएको थियो । त्यसमध्ये तीन हजार चुल्हो केहीदिनयाता बिक्री भएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालको भनाइ छ ।

पछिल्लो पटक सरकारले साताव्यापी लकडाउन घोषणा गरेको अवस्थामा पनि सरकारको निर्देशन प्राप्त भए मोबाइल भ्यान मार्फत पनि चुल्हो बिक्री गर्न सकिने उनको भनाइ छ ।

‘लकडाउन भन्दा पहिलेको जस्तो चुल्होको चासो राख्ने त कम छन्, तर पास भएकाहरु भने अहिले पनि खरीद गर्न आइरहेका छन् ,’  नायब महाप्रबन्धक खनालले भने ।

नेपाल आयल निगमले सहज रुपमा खाना पकाउने एलपी ग्यास उपलब्ध गराउने बताइरहेको भएपनि नागरिकले विद्युतीय चुल्होमा नै चासो राखेको र कोही कसैले चुल्हो खरीद गर्न चाहे सुरक्षात्मक उपाय अवलम्बन गरेर भएपनि बिक्री गर्न सकिने खनालको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मनत्री लेखराज भट्टले पनि विद्युतीय चुल्हो बिक्रीका लागि सरकारले सहजीकरण गरिरहेको जानकारी दिए । उनले विद्युत् महसुल समेत छुट भएको अवस्थामा नागरिकले एलपी ग्यासको विकल्पमा उक्त चुल्हो नै प्रयोग गर्न सक्ने बताए ।

यस्तै सरकारले विद्युतीय चुल्हो ल्याउने व्यापारीलाई भन्सार छुट समेत दिने निर्णय गरेको छ । त्यसमाबाट विद्युत् खपत बढाउन र आत्मनिर्भरता तर्फ अगाडि बढाउन समेत मद्दत पुग्ने छ । नेपाल विद्युत् प्राधिकरकणका अनुसार हाल विद्युत् खपत घटेको, उद्योग तथा कलकारखाना समेत बन्द भएको अवस्थालाई मध्यनजर गरेर विद्युतीय चुल्हो प्रयो गर्न सक्ने बताएको छ ।

विद्युत महसुलमा २० प्रतिशत छुट

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई लाग्ने विद्युतीय शुल्कमा  १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । 

इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई १५० युनिटसम्म २० प्रतिशत महसुल छुट दिन निर्देशन दिइएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने बताउनुभयो । “ग्यास बाहिरबाट आयात गर्नुपर्छ । विद्युत हाम्रो आफ्नै उत्पादन हो”, मन्त्री पुनले भने “यसो गर्दा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्छ, व्यापार घाटा पनि कम हुन्छ ।”
विद्युतको आन्तरिक खपत बढाउन पनि मन्त्रालयले यस्तो निर्णय गरेको उनको भनाइ छ । यो निर्णय तत्काल कार्यान्वयनमा आउने पनि मन्त्री पुनले स्पष्ट पारे ।

बुधबार बसेको नोभेल कोरोना ९कोभिड–१९० संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो आयातमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो । यसअघि इन्डक्सन चुल्हो आयातमा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया