एकैदिन ११७ पैसाले घट्यो अमेरिकी डलर

४ बर्ष अगाडि

अमेरिकी डलरको भाउ शुक्रबार ११७ पैसा घटेको छ । तीनदिनअघि अहिलेसम्मकै उच्च रुपमा बढेपनि त्यसपछि घट्न थालेको डलरको भाउ आज १ रुपैयाँ १७ पैसाले घटेको हो । बिहीबार पनि ११ पैसाले डलर घटेको थियो । 

बिहीबार एक सय २१ रुपैयाँ ७२ पैसा रहेको अमेरिकी डलर एकको बिक्रीदर शुक्रबार १२० रुपैयाँ ५५ पैसा रहेको  नेपाल राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै शुक्रबार (चैत १४) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ९५ पैसा रहेको छ । हिँजो डलरको खरिददर १ सय २१ रुपैयाँ १२ पैसा थियो । 

यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३२ रुपैयाँ १९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६७ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ११ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया