कोरानाबाट बच्न भन्दै सुदुरपश्चिममा अँगार आतंक

४ बर्ष अगाडि

सुन्दा अचम्म लाग्ला कोरोना भाईरसका कारण विश्व आतंकित भएका वेला सुदुरपश्चिमको टिकापुर लगाएतका क्षेत्रमा भने कोरोना भगाउन भन्दै अनौठो कार्य गर्न थालेका छन ।

घरको दाया क्षेत्रमा खन्दै अँगार (कोईला) निकाल्ने र टिका निधारमा लगाउदै भाईरसको संक्रमण वाट वचिने अफवाह गरेका छन ।

कैलाली जिल्लाको टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोसीपुर गाउँपालिका, भजनी नगरपालिका लगायतका बिभिन्न गाउँका बासिन्दाले घरमा प्रवेश गर्दा घरको दायाँ क्षेत्रबाट खनेर कोइला निक्लिने र कोइलाको टिका निधारमा लगाउदा कोरोना भाईरस संक्रमण बाट बचिने भन्दै सो कार्य गर्दै आएका हुन । 

बिहिबार रात्री २ बजेबाट सो कुरा चर्चामा आएको हो । यो चर्चा कहाँबाट आयो भन्ने समेत कसैलाई जानकारी छैन ।  तर यो कुराले निकै चर्चा पाएको छ ।

 टीकापुर नगरपालिका १ सतघरुवाका शिक्षक चित्र वहादुर चौधरीका अनुसार राती गाउँमा हल्ला हुन थालेपछि स्थानिय बासिन्दाहरु आफ्नो घरको क्षेत्रमा दाहिने तर्फ जमिन खन्दै कोइला खोज्दै थिए । तत्पश्चात स्थानियबाट यस्तो कुरा सुनेको बताए ।

 कोइला निधारमा लगाएर कोरोना भाईरस संक्रमण नहुने भन्ने अन्ध बिश्वास हो भन्ने पनि केहि लाई छ । तर टीकापुरक्षेत्रका अधिकांश पढेलेखेकाले समेत कोइला खोज्ने र निधारमा लगाउने कार्य समेत गरेको पाइएको छ । 

यस्तै टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं ९ का महेन्द्र बाहराले पनि सुनेकै आधारमा कोइला खनेर निधारमा लगाएको बताए ।  तर उनलाई समेत यो कुरा कहाँ बाट आयो भन्ने जानकारी छैन ।

आफ्नै घरमा सुरक्षित बसेका छौं, घरको दाहिने तर्फ जमिन खनेर कोइला निकाल्ने र कोइलाको टिका लगाउदा कसैलाई नोक्सान समेत पुग्ने छैन । त्यसैलेपनि हामी घर परिवारले कोइला निकालेर टिका लगायौं ।
 टीकापुर नगरपालिका वडा नं. १ का रामवहादुर रावलले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया