लकडाउनका कारण शिखर इन्स्योरेन्सकाे हकप्रद शेयरको निष्काशन स्थगित

४ बर्ष अगाडि

शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद शेयरको निष्काशन तथा विक्रि खुल्ला स्थगित गरेको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि देशभर लकडाउन गरेका कारण अर्को सूचना नआए सम्मका लागि स्थगित गरेको हो ।

कम्पनीको २०७६ फागुन १२ गतेसम्म कायम साविक शेयर धनिहरुका लागि १ शेयर बराबर नयाँ ०.३ शेयर (१ः०३) को अनुपातमा प्रतिशेयर एक सय रुपैयाँ अंकितका दरको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता साधारण शेयर २०७६ चैत १३ देखि निष्काशन तथा बिक्रि खुल्ला गर्ने योजना थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया