गायिका कनिका कपुरसँग भेट भएका २६६ जनाको कोरोना परीक्षण

४ बर्ष अगाडि

बलिउड गायिका कनिका कपुरलाई  कोरोना संक्रमण देखिएपछि हस्पिटलमा भर्ना गरेर उपचार गरिरहिएको छ ।

कनिकालाई कोरोना संक्रमण देखिएपछि बलिउड इन्डस्ट्रिमा निकै हंगमा मच्चिएको थियो । कोरोना पोजेटिभ देखिनु भन्दा केही दिन अघाडि कनिकाले लखनऊको एक भव्य होटलमा केही साथीहरुलाई पार्टी दिएकी थिइन् । उनीहरुलाई पनि कोरोना संक्रमण भयो कि भन्ने धेरैको आशंका थियो ।

 कनिकाकालाई कोरोना पोजेटिभ देखि लगतै सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु भएको थियो  । जसबाट पछिल्लो समय कनिकासँग सम्पर्कमा आएका २६६ जना व्यक्ति पत्ता लागेका छन् ।

२६६ व्यक्ति मध्ये अहिले ६० जनाको कोरोना परिक्षण भइसकेको छ । जसमा कसैलाई पनि कोरोनाको संक्रमण देखिएको छैन । बाकीँ व्यक्तिको पनि परिक्षण सकिएको र त्यसको नतिजा आउन बाकीँ रहेको बलिउड मिडियाले उल्लेख गरेको छ । आफ्नो सम्पर्कमा आएका केही व्यक्तिहरु कनिका आफैँले बताएकी थिइन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया