कैलालीमा खाडीबाट आएका व्यक्तिमा कोरोना संक्रमण, उपत्यका बाहिर पहिलाे

४ बर्ष अगाडि

कोरोना भाइरसबाट थप एक नेपाली संक्रमित भएका छन् ।

शुक्रबार कैलालीमा चौथो संक्रमित भेटिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।  

 याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । 

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए।

“उनी दुबईबाट आएका हुन्। उनको बारेमा विस्तृत विवरण प्राप्त गर्दैछौं,” मन्त्रालयका  प्रवक्ता देवकोटाले भने , “उनी चैत ११ गते भर्ना भएका थिए। स्वाबको नमुना परीक्षण गर्दा उहाँमा पोजेटिभ देखिएको हो।” 

प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

नेपालमा एक साताभित्र ३ वटामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

अहिलेसम्म संक्रमण भेटिएका चार मध्यै एकजनाकाे उपचारपछि  निकाे भएका छन् भने तीनजना उपचाररत छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया