ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि

४ बर्ष अगाडि

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

जोनसनले आफूलाई कोरोनाभाइरसका मध्यम खालका लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन्।

इङ्गल्यान्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस ह्विटीको सल्लाहमा उनलेृ कोरोनाभाइरस परीक्षण गराएका थिए, प्रधानमन्त्री कार्यालयको विज्ञप्तिमा भनिएको छ।

बिरामी भए पनि उनले नै सरकारको नेतृत्व गरेर यो विपत्‌को सामना गर्ने विज्ञप्तिमा बताइएको छ।

जोनसनले समेत यसबारे एउटा भिडिओ ट्विट गर्दै एकसाथ भाइरसलाई परास्त गर्ने बताएका छन्।

यसैबीच, ब्रिटिश स्वास्थ्यमन्त्री म्याट हानककलाई पनि कोरोनभाइरस सङ्क्रमण भएको आजै पुष्टि भएको छ।

 त्यस्तै दुई दिनअघि ब्रिटेनका राजकुमार चार्ल्सलाई पनि कोरोनाभाइरस सङ्क्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले जनाएको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया