विद्यालयमा क्वारेन्टाइन नबनाउन महासङ्घको आग्रह

४ बर्ष अगाडि

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोरोना भाइरसबाट बच्नु र बचाउनु सबैको कर्तव्य भए पनि विद्यालयहरुमा क्वारेन्टाइन बनाउँदा बालबालिकामा भय र त्रास उत्पन्न हुन सक्ने जनाएको छ ।

विभिन्न स्थानीय तहले सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउन थालेकामा ध्यानाकर्षण भएको जनाउँदै महासङ्घका महासचिव गुणराज मोक्तानले आज विज्ञप्ति जारी गरी विद्यालय शान्ति क्षेत्रका रुपमा कायम राख्न आग्रह गरेका हुन  । विज्ञप्तिमा बालबालिकाले आफू पढ्ने विद्यालय क्वारेन्टाइन हुँदा र त्यहाँ सम्भावित सङ्क्रमित बस्दा वा कुनै बिरामीको मुत्यु भएमा बालबालिकालाई विद्यालय जान डर र त्रास हुने भएकाले अन्य सार्वजनिक स्थल र स्थानमा क्वारेन्टाइन बनाउन माग गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया