सिद्धार्थ राजमार्ग अन्तर्गत बुुटवल पाल्पा सडक खण्ड पहिरोले अवरुद्ध भएको छ ।
धुले पहिरो खसेपछि बुुटवल–पाल्पा सडकखण्डको केरावारी नजिकमा ढुुंगा सहितको पहिरोले सडक अवरुद्ध भएको हो ।
प्रदेश नम्बर पाँच ट्राफिक प्रहरी कार्यालय, बुटवलमा डिएसपी रामप्रकाश शाहले बाटो खुुलाउने त्यसतर्फ टोली पुुगेको बताए ।
यो सडक घुुम्ती काटेर फराकिलो बनाउने काम भइरहेको छ ।
केही दिनअघिदेखि परेको वर्षाले चिसो भएको जमिनमा तल्लो भागबाट खन्दा ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ ।
। डोजर र एक्स्काभेटरको प्रबन्ध गरेकाले दुुई घण्टाभिर सडक खुुलाउने तयारी रहेको प्रहरीले जनाएको छ ।
लकडाउन कारण सवारी साधान नचलेपनि पहिरो खसेपछि खाद्यान्न ढुवानीका ट्रक, अत्यावश्यक कामले हिँडेकाहरु र एम्बुलेन्स समेत गुड्न नपाएको प्रहरीको भनाई छ ।
प्रतिक्रिया