कोरोनाको कहरः साढे २७ हजारको मृत्यु, ६ लाख पुग्यो संक्रमितको संख्या

४ बर्ष अगाडि

काठमाडौं – विश्वभर कोरोना भाइरस सङ्क्रमणका कारण २७ हजार ३६४ जनाको मृत्यु भैसकेको छ । साथै, विश्वभर ५ लाख ९७ हजार ३०४ व्यक्ति सङ्क्रमित भैसकेका छन् । कुल संक्रमित मध्ये १ लाख ३१ हजार ७०८ जना निको भएको बताइएको छ । 
नेपालमा पनि हालसम्म चार जनालाई कोरोनाको संक्रमण भएको छ, त्यसमा एक जनाको निको भइसकेका छन् । 

चीनबाट सुरुको भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वव्यापी फैलिएको छ । २०० भन्दा बढी मुलुकमा यो भाइस फैलिसकेको छ । यसलाई रोकथाम गर्न कयौं कोसिस भएको छ । तर, पछिल्लो समय झन भयावह स्थितीमा पुगेको छ । हालसम्म आउँदा अमेरिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा एक लाख भन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा एकैदिनमा ४०० जनाको मृत्यु भएको बताइएको छ । 

#कोरोना_भाइरस

४ बर्ष अगाडि

प्रतिक्रिया