११ वर्षपछिकै डरलाग्दो मन्दीमा विश्व अर्थतन्त्र

४ बर्ष अगाडि

विश्व अर्थतन्त्र ११ वर्षपछिकै डरलाग्दो मन्दीमा प्रवेश गरेको छ । 

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण  विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बताएको हो । 

आईएमएफकी प्रमुख क्रिस्टालिना जोर्जिएभाले शुक्रबार अनलाइन प्रेस वार्तामा  यो आर्थिक मन्दी सन् २००९ मा देखिएको आर्थिक मन्दीभन्दा पनि खराब हुने बताईन् । 

विश्व अर्थतन्त्र ठूलो संकटतर्फ अघि बढेको भन्दै क्रिस्टालिनाले यसबाट पार पाउन विशेषगरी विकसित मुलुकले अझै धेरै आर्थिक सहायता कोष ल्याउनुपर्ने बताइन् ।

कोरोना भाइरसको संक्रमण र त्यसलाई नियन्त्रण गर्ने घोषणा गरिएको लकडाउनका कारण धेरै मुलुकहरुको अर्थतन्त्र धर्मराएको छ । बेरोजगारीको समस्या अचानक बढ्दो क्रममा छ ।

अर्थतन्त्रमा पर्ने नकारात्मक असर न्यूनीकरणका लागि विश्वका धेरै मुलुकले आर्थिक सहायता योजना ल्याएका छन् ।

आईएमएफ प्रमुख क्रिस्टालिनाले पनि विश्वभर आर्थिक गतिविधि अचानक ठप्प भएको कारण बजारलाई सन्तुलनमा ल्याउन कम्तीमा २५ खर्ब डलर आवश्यक रहेको बताएको बीबीसीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया