लकडाउनमा पनि किन आउँदै छन् कतार एयरलाइन्सका दुई जहाज ?

४ बर्ष अगाडि

काठमाडौं – नेपालको लकडाउनमा अलपत्र परेको विदेशी पर्यटकको उद्दार हुने भएको छ । आज नेपाली बायुसेवा कम्पनीहरुले लकडाउनका काराण बिभिन्न गन्तव्यमा रोकिएको विदेशी पर्यटकको उद्दार गरेर काठमाडौं ल्याउने तयारी गरेका छन् । नेपाल एयरलाइन्सको ट्वीनअर्टर विमानले सोलुखुम्बुको लुक्लामा ५ उडान गर्ने बताइएको छ । त्यसका लागि दुई जहाज लुक्ला पुगि सकेका छन् । यस्तै, तारा र समिटलले पनि लुक्लाबाट पर्यटकको उद्दार गर्ने बताइएको छ । 
यस्तै, पोखराबाट पनि विदेशी पर्यटकको उद्दार गर्न नेपाली बायुसेवा कम्पनीका जहाजले तीन पटक उडान गर्नेछन् । 
हाल युरोपका बिभिन्न मुलुकले नेपालमा अलपत्र परेका आफ्नो नागरिकलाई लिन जहाज पठाइ सकेका छन् । आज जर्मनी र फ्रान्सले  कतार एयरलाइन्सका २ विमान नेपाल पठाउँदैछ । करिब ३५० जना जर्मन पर्यटक लिन कतारबाट विमान आउन लागेको हो । सााथै, फ्रान्सको पर्यटक लिन आइतबार कतार एयरलाइन्सकै विमान नेपाल आउने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया