कोरोनाभाइरस आशंका गरिएका बिरामीहरुको स्वाब लिन गएकाे विमान दुर्घटनाग्रस्त

४ बर्ष अगाडि

बाँकेको नेपालगन्जमा नेपाल एयरलाइन्सको विमान ‘दुर्घटना’ मा परेको छ ।

कोरोनाभाइरस (कोभिड १९) को आशंका गरिएका बिरामीहरुको संकलित स्वाबको नमुना लिन गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो ।

विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य रहेकामा उनीहरु सबै सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जहाज अवतरण हुनेबेला चिप्लिएर धावनमार्गबाट बाहिर जालीनेर पुगेको बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया