सुनको आयात घट्यो, ८ महिनामा साढे १२ अर्बको मात्र आयात

४ बर्ष अगाडि

काठमाडौं – सुनको मुल्य आकाशएिपछि चालु आवको फागुन मसान्तसम्म सुनको आयात भारी रुपमा घटेको छ । सुनको मुल्य आकाशिए पछि नेपालमा यसको काराबारमा ह्रास आएको छ, त्यसको फल स्वरुप चालु आवमा सुनको आयात घटेको हो ।
गत आवको पहिलो फागुनसम्म रू. २३ अर्ब ४३ करोड ३९ लाखको सुन आयात भएको थियो । तर,  अहिले रू. १२ अर्ब ५७ करोड ६७लाख मात्रा सुन आयात भएको छ । गत आवमा भने कुल रू. ३४ अर्ब ६३ करोड ७७ लाखको सुन आयात भएको छ ।
परिमाणको आधारमा गत आवको फागुनसम्म ५ हजार १२९ केजी सुन आयात भएको थियो । अहिले २ हजार २५० केजी सुन आयात भएको छ ।
चालु आवमा अमेरिका र चीन बीचको व्यापार युद्ध, अमेरिका र इरान बीचको तनाव लगायतका कारण विश्व अर्थतन्त्र र शेयर बजारमा ह्रास आइरहेको छ । त्यसैले लगानीकर्ताहरुले लगानी सुरुक्षित गर्न सुन किनेर होल्ड गर्ने गरेका छन्, जसको फल स्वरुप विश्व बजारमा सुनको मुल्य आकाशिएको छ । 
नेपालमा पनि विश्व बजार अनुसार नै सुनको मुल्य निर्धारण हुन्छ । यसरी विश्व बजारमा सुनको मुल्य बढेपछि नेपालमा पनि यसको भाउ बढेको छ । भाउ बढेर कारोबार कम भएपनि बैंकहरूले सुन आयात गर्न छोडेका थिए । पहिलो तीन महीनामा त सुन आयात लगभग ठप्प थियो ।
नेपाल सुन आयात गर्ने अख्तियार बाणिज्य बैंकहरुलाई मात्रा छ । सुन कारोबार कम भएपछि बैंकलाई नै सुन आयात नगर्न व्यवसायीहरुले सुझाव दिएका थिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया