व्यापारीलाई गराइयो सचेत

४ बर्ष अगाडि

सरकारले गरेको लकडाउनको मौका छोपी बजारमा खाद्यन्न सामग्री तथा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने उद्योगी व्यवसायीलाई पहिलो पटकका लागि संयुक्त अनुगमन टोलीले सचेत गराएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा सञ्चारकर्मीलगायतको संयुक्त अनुगमन टोलीले राजविराजस्थित विभिन्न किराना, तरकारी र ग्यास  पसलमा अनुगमन गरी उद्योगी व्यवसायीलाई  सचेत गराएको हो । 

अनुगमनका क्रममा केही किराना पसलले समान लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने गरेको, कतिपयले मूल्य बढाएर बिक्री गरिरहेको, अधिकांश तरकारी पसलले पहिलेको भन्दा बढी मूल्यमा बेचिरहेको पाइएकाले सबैलाई पहिलो पटकका लागि सचेत गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया