बेइजिङबाट हिँड्यो २ हजार जनालाई कोभिड–१९ परिक्षण गर्न पुग्ने किट

४ बर्ष अगाडि

कोरोना भाइरस (कोभिड–१९) परिक्षण गर्ने उपकरण चीनको चीनबाट नेपालका लागि पठाइएको छ । शुक्रबार चीनबाट नेपाल आवतजावत गर्ने केरुङ्ग र तातोपनी नाका खुलेपछि चीनले स्थलमार्गमार्फत २ हजार जानाको परिक्षण गर्न मिल्ने किट पठाएको हो । 

 बेइजिङबाट शनिबार बिहान पठाइएको किट भोली बिहान तातोपानी नाका आउने र बेलुकासम्म काठमाडौं आइपुग्ने न्सार विभागका महानिर्देशक सुमन दाहालले बताए । उनका अनुसार सरकारले ती सामग्रीको भन्सार छुट दिने निर्णय गरेको छ ।

कोरोना भाइरसको जोखिमबाट सुरक्षित हुन चीनतर्फका नाका बन्द नाका खुलेपछि चीनबाट आयात हुने पहिलो सामग्री हुन्। चीनतर्फबा नाका गएको माघ १५ देखि बन्द थिए । 

नेपालमा कोरोना फैलनुपूर्व नै करिब २ हजार जनालाई पुग्ने किट थियो। हालसम्म नेपालमा ८ सय जनामा कोरोना परीक्षण भइ अब करिब १२ सय जनालाई परीक्षण गर्न पुग्ने किट बाँकी छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया