आइसोलेशनमा राखिएका युवक  फिर्ता

४ बर्ष अगाडि

कोभिड–१९ को सङ्क्रमणको आशङ्कामा जिल्ला अस्पताल डोटीको आइसोलेशन कक्षमा भर्ना गरिएका दिपायल सिलगढी नगरपालिकाका १९ वर्षीय युवकलाई अस्पतालले घर फिर्ता गरेको छ ।  भारतको तेलंगना राज्यमा काम गर्दै आएका निज युवक केही हप्ता पहिले आफनो जन्मथलो डोटी आएका थिए । 

तेलंगनामा कोरोना भाइरसको संक्रमणका बिरामी फेलापरेपछि उनलाई पनि रुघाखोकी र ज्वरोको लक्षण भेटिएपछि कोरोना भएको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय डोटीको सहयोगमा गएको मङ्गलबार जिल्ला अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो ।

आइसोलेसन वार्डमा भर्ना गरिएसँगै उनको घाँटी र नाकको स्वाब परीक्षणका लागि जिल्ला अस्पताल डोटीले बुधबार टेकु अस्पताल काठमाडौँमा पठाएको थियो । स्वाब परीक्षणपछि टेकु अस्पतालले कोरोना संक्रमण नभएको पुष्टि गरेपछि उनलाई आज घर पठाइएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा ज्योति पाण्डेले बताए। उता कैलालीको धनगढीस्थित सुदूरपश्चिम सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका एक युवकमा भने कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया