जनार्दश शर्माले उद्दार गरे गुल्मीबाट ३४ मजदुर

४ बर्ष अगाडि

कोरोना भाइरसको जोखिमबाट जाेगाउन  गुल्मीबाट ३४ मजदूरको उद्धार गरिएको छ । 

सडकको काम गर्दागर्दै  लक डाउन भएपछि गुल्मीमा अलपत्र परेका  जाजरकोट र रुकुम पश्चिमका  ३४ मजदूरको उद्धार गरिएको हो ।  

शनिबार ३४ मजदूर घर पुगेको रुकुम पश्चिम सानीभेरी नगरपालिकाका शेरबहादुर परियारले जानकारी दिए ।

उनले भने, “काम गर्दागर्दै कोरोनाको त्रासले लक डाउन हुँदा  समस्यामा परेका थियौँ, पूर्वगृहमन्त्री जनार्दन शर्मा र जाजरकोटका प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहलाई फोन गरेपछि उनिहरुले हामीलाई जिल्लासम्म आउने व्यवस्था मिलाए, घर पुगियो ।” 

जाजरकोट भेरी नगरपालिका र नलगाड नगरपालिकाका ३० र रुकुम पश्चिम सानीभेरी नगरपालिकाका चार गरी ३४ जनाको उद्धार गरिएको हो ।

उद्धार गरिएका सबैलाई स्थानीय सरकारको पहलमा सेल्फ क्वारेन्टाइनमा राखिने नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया